दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

नेपालभ्युज

दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौं। मन्त्रिपरिषदको बुधबार बसेको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसीलाई नियुक्त गरेको छ । एक मन्त्रीका अनुसार सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत रहेका डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो ।

फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी टेलिभिजन र रेडियो कार्यक्रमका निर्माता र प्रस्तोता पनि हुन् । यसअघि बोर्डको अध्यक्षमा भुवन केसी थिए । उनको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved