लिजेन्ड्स लिग क्रिकेट :

पारस खड्का गुजरात टिममा अनुबन्ध

नेपालभ्युज

पारस खड्का गुजरात टिममा अनुबन्ध

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव एवं राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट टी–२० प्रतियोगिता खेल्ने भएका छन् ।

प्रतियोगिताको तेस्रो संस्करणमा सचिव खड्कालाई गुजरात टिमले अनुबन्ध गरेको हो । गुजराजले पारसलाई आफ्नो टोलीमा आबद्ध गरिएको लिजेन्ड्स क्रिकेट लिगको फेसबुक पेजमा उल्लेख गरेको छ ।

उनलाई गुजरातले साढे १२ लाख भारु अर्थात् २० लाख नेपाली रुपैँयामा अनुबन्ध गरेको हो ।

लिगको तेस्रो संस्करण सेप्टेम्बर २० मा सुरु हुनेछ । सन्यास लिएका खेलाडीहरुले खेल्ने यो लिगमा ६ टोलीको सहभागी हुनेछन् ।

प्रतियोगिता भारतको जोधपुर, जम्मु र सुरतमा खेलाइने छ । प्रतियोगिताको फाइनल खेल भने अक्टोबर १६ मा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved