‘निगमले विदेशी कम्पनीबाट कमिसन लिएर आफ्नो जहाज पार्किङमा थन्कायो’

नेपालभ्युज

‘निगमले विदेशी कम्पनीबाट कमिसन लिएर आफ्नो जहाज पार्किङमा थन्कायो’

काठमाडौं । नेपाल वायुसेवा निगमले विदेशी जहाज कम्पनीबाट कमिसन लिएर आफ्नो जहाज पार्किङमा राखेको भन्दै सांसदहरुले प्रश्न उठाएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा सांसद मनीष झाले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

निगमले अरु विदेशी एयरलाइन्सबाट कमिसन लिएर आफ्ना जहाज नचाएर पार्किङमा थन्काएर राखेको झाको भनाइ छ । उनले निगमको जहाज उड्दा दैनिक ५ करोड रुपैयाँ घाटा भइरहेको भन्दै यसमा निगमको नेतृत्वको कमजोरी भएको बताए ।

यस्तै, सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पनि नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको कमजोरीको विषयमा प्रश्न उठाए । उनले प्राधिकरणका महानिर्देशकको विषयमा संसद्ले निर्णय गर्न उनले माग गरे ।

साथै, सांसद बजगाईँले महानिर्देशक प्रदीप अधिकारीमाथि विमानस्थलमा यात्रुको झोलामा अवैध सामान राखिदिएर फसाउने गरेको आरोपसमेत लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved