स्नुकर हाउस सञ्चालक हत्या प्रकरण : पक्राउ परेका एमकेले दिए यस्तो बयान

नेपालभ्युज

स्नुकर हाउस सञ्चालक हत्या प्रकरण : पक्राउ परेका एमकेले दिए यस्तो बयान

काठमाडौं । शंखमुलस्थित ‘द टाइम पास स्नुकर’का सञ्चालक रूपक बान्तवाको हत्या लेनदेन र रिसइबीको कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

हत्यामा संलग्न आरोपमा सिम्रौनगढ नगरपालिका–७ घर भएर काठमाडौं महानगरपालिका–१० शंखमुल बस्ने एमके कुमारलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आरोपी कुमारले आफूलाई बान्तवाले हेप्ने गरेको कारण हत्या गरेको बयान दिएका छन् । कुमारले मृतकसँग आफ्नो लेनदेन पनि भएको अनुसन्धान अधिकृतसँग बताएका छन् ।

तर, कुमार मानसिक रूपमा त्यति स्वस्थ्य नरहेको प्रहरीले जनाएको छ । हत्या गरेपछि कुमार मंगलबार दिनभर पशुपतिनाथ मन्दिरमा बसेको र साँझ डेरा फर्किएका थिए ।

प्रहरीले कुमारको साथबाट मृतक रुपक वाइबाको चेक, चश्मा, कपडा र हत्यामा प्रयोग गरिएको रड बरामद गरेको जनाएको छ । कुमार डेरामा एक्लै बस्दै आएका थिए ।

भदौ १० गतेशंखमूल साईबाबा पार्कस्थित दुई तले घरको भुइँ तल्लाको सटरभित्र सञ्चालन गरेको पुल हाउस सञ्चालन गर्दै आएका ४१ वर्षीय बान्तवाको कुटपिट गरी हत्या गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved