साफ यू–२० : नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

नेपालभ्युज

साफ यू–२० : नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

काठमाडौं । साफ यू–२० फुटबलको फाइनल खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ४–१ को फराकिलो गोलअन्तरले पराजित भएको हो ।

यससँगै बंगलादेशले साफ यू–२० को उपाधि जितेको छ भने नेपाल उपविजेता बनेको छ ।

बंगलादेशले उमेर समूहको प्रतियोगितामा जितेको यो पहिलो उपाधि हो ।

बंगलादेशका लागि मिराजुलले दुई तथा राहुल र नोभाले एक-एक गोल गरे । नेपालका लागि भने समिर तामाङले एक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा मिराजुलले गोल गरे । ५४औं मिनेटमा मिराजुलले बंगलादेशका लागि दोस्रो गोल गरे । ७०औं मिनेटमा राहुलले गोल गरे । इन्जुरी समयमा नोभाले बंगलादेशका लागि थप एक गोल गरे ।

नेपालका लागि खेलको ७९औं मिनेटमा समिरले गोल फर्काए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved