ओली र देउवाविरुद्ध टुँडिखेलमा नाराबाजी गर्नेलाई पक्राउ गरेकोमा रास्वपाको विरोध

नेपालभ्युज

ओली र देउवाविरुद्ध टुँडिखेलमा नाराबाजी गर्नेलाई पक्राउ गरेकोमा रास्वपाको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांस्कृतिक चाड गौरा पर्व मनाउने सन्दर्भमा टुँडिखेलमा भएको घटनाबारे संसद्को ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समयमा सो पार्टीका सांसद हरि ढकालले टुँडिखेलमा युवाहरुले गरेको विरोधलाई अन्यथा रुपमा नहेरी लोकतान्त्रिक अभ्यासका रुपमा मात्र लिनुपर्ने सुझाव दिए ।

उनले भने, “त्यो घटनालाई सरकारले अराजकताका रुपमा ग्रहण गरी त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनु हुन्न । मुलुकमा भइरहेका कतिपय असान्दर्भिक र अनियमितासँग जोडेर युवाहरुले गरेका त्यस्ता विरोधका घटनामा राजनीतिक दल र सरकार संयमित हुनुपर्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved