उपसभापति र महामन्त्रीसँग देउवाको छलफल

नेपालभ्युज

उपसभापति र महामन्त्रीसँग देउवाको छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीसँग छलफल गरेका छन् ।

आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग मंगलबार छलफल गरेका हुन् ।

थापा र शर्माले केन्द्रीय समिति बैठकमा पेश गरेको प्रतिवेदनले कांग्रेसमा विवाद उत्पन्न भएको छ । महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षले चर्को विरोध गरिरहेका छन् ।

सोही विवाद समाधान गर्न देउवाले छलफल गरेका हुन् । प्रतिवेदन परिमार्जन वा संशोधन गराएर भोलि बस्ने बैठकअघि नै विवाद समाधान हुने एक नेताले जानकारी दिए ।

साउन २३ गतेबाट सुरु भएको बैठक भोलि टुंग्याउने कांग्रेसको तयारी छ । बैठकमा अब सभापति, उपसभापति र महामन्त्रीले मात्रै बोल्न बाँकी छ ।

पार्टीका पाँच शीर्ष नेताहरूले बोलेपछि महासमिति बैठकमा आएको सुझावलाई समेटेर परिमार्जित भएर आएको प्रतिवेदन पारित गर्ने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved