सहमति कार्यान्वयन नभएपछि सहकारी पीडितले सडक आन्दोलन गर्ने

नेपालभ्युज

सहमति कार्यान्वयन नभएपछि सहकारी पीडितले सडक आन्दोलन गर्ने

काठमाडौं । सहकारी पीडितले विगतका सहमति कार्यान्वयन नभएको भन्दै सडक आन्दोलन घोषणा गरेका छन् ।

सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दबाबमूलक सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो ।

महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औं दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलनको विकल्प नभएको बताएको छ ।

महासंघका अध्यक्ष कुशलव केसीले आन्दोलनकै क्रममा चार जना पीडितले ज्यान गुमाइसकेको बताए । तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१औं दिन पुगेको अवसरमा आगामी भदौ १६ गतेदेखि अर्को आन्दोलन गर्ने उनले बताए ।

सरकारले तत्काल कार्यान्वयन गर्ने भनेर दोस्रोपटक सम्झौता गरेको पनि ५ महिना बितिसकेको छ । अध्यक्ष केसीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग सम्झौता गरेको र अहिले पुनः उनी सोही जिम्मेवारीमा आएको भन्दै तत्काल राजीनामा दिनुपर्ने जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved