गौरा पर्वको कार्यक्रममा ओली र देउवाविरुद्ध नाराबाजी, भाषण गर्ने वातावरण नै नबनेपछि एकैछिनमा फर्किए

नेपालभ्युज

गौरा पर्वको कार्यक्रममा ओली र देउवाविरुद्ध नाराबाजी, भाषण गर्ने वातावरण नै नबनेपछि एकैछिनमा फर्किए

काठमाडौं । सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वसाधारणले नाराबाजी गरेपछि केहीबेरमै फर्किएका छन् ।

गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेपछि छोटो मन्तव्य राखेर फर्किएका हुन् ।

युवाहरूले अमर्यादित नाराबाजी गरेपछि आयोजकले रोक्न सकेनन् । नेताहरूले भाषण गरे पनि युवाहरूको होहल्लाले भाषण गर्ने वातावरण बनेन ।

मञ्चमा कांग्रेस सभापति देउवासँगै रहेका ओलीविरुद्ध चर्को नाराबाजी र हुटिङ भयो । आयोजकले शान्ति कायम राख्ने प्रयास गरे पनि युवाहरूले खैलाबैला मच्चाए ।

यो देखेर प्रधानमन्त्री ओलीले नाराबाजीप्रति असन्तुष्टि जनाउँदै भने, ‘नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लागेको छ ।’

त्यसपछि बोलेका भीम रावलको खासै विरोध भएन । रावलपछि बोलेका देउवाले बोल्दा झनै नाराबाजी भयो । देउवाले त दर्शकलाई हकारे

आफूविरूद्ध नारा लगाएपछि झपार्दै देउवाले भने- लाज छैन, बदमासहरू !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved