आफूविरूद्ध नारा लगाएपछि झपार्दै देउवाले भने- लाज छैन, बदमासहरू !

नेपालभ्युज

आफूविरूद्ध नारा लगाएपछि झपार्दै देउवाले भने- लाज छैन, बदमासहरू !

काठमाडौं । टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी भएको छ ।

सोमबार कार्यक्रममा सहभागी पुग्न त्यहाँ पुगेका देउवाविरूद्ध नाराबाजी भएको हो ।

सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरू त्यहाँ पुगेका थिए । सुरुमा प्रधानमन्त्री ओली भाषण सकेर कार्यक्रमबाट बाहिरिएका थिए । त्यसपछि एमाले नेता भीम रावलले सम्बोधन गरेका थिए ।

त्यसपछि सम्बोधन गर्न मञ्चतर्फ गइरहेका देउवाविरूद्ध दर्शकदिर्घाले चर्को नारा लगाए । दर्शकदिर्घाले देउवाविरूद्ध ‘देश छोड’को नारा लगाएका थिए । विभिन्न विरोधका नारा लगाइएको प्रस्ष्ट सुनिन्छ ।

विरोधकाबीच सम्बोधन गरेका देउवाले ‘यही हो संस्कृती, लाज छैन’ भन्दै झपार्न खोज्दछन् ।

उनले भनेका छन्, ‘तपाईंहरू जति बोले पनि बोल्नेवाला छु । जति गरेनी गर्नुस् । जति कराउन मन छ कराउनुस् ।’

‘लाज पनि छैन क्या हो । आफ्नै………..लाज नभएकाहरू……….लाज छैन । यही नेपालको संस्कृति हो । यही हो चलन, बदमासहरू ।’

त्यसपछि उनले शुभकामना दिएर सम्बोधन अन्त्य गर्दछन् ।

यो पनि :

गौरा पर्वको कार्यक्रममा ओली र देउवाविरुद्ध नाराबाजी, भाषण गर्ने वातावरण नै नबनेपछि एकैछिनमा फर्किए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved