के–ल्याबमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

नेपालभ्युज

के–ल्याबमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ ।

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ती थापाले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार बैंकको ग्राहकहरुले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब), नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ प्रयोग गर्दा २५ प्रतिशत छुट पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved