करिब ४ करोड मूल्यको कोकिन पेटमा निलेर ल्याउने विदेशी नागरिक पक्राउ

नेपालभ्युज

करिब ४ करोड मूल्यको कोकिन पेटमा निलेर ल्याउने विदेशी नागरिक पक्राउ

काठमाडौं । झण्डै चार करोड मुल्य बराबरको १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आइभरीकोस्टका ३५ वर्षीय वारामा कोन रहेका छन् ।

उनलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले ३ भदौमा ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो ।

इथियोपियाबाट कतार एयरवेजमार्फत् दोहा हुँदै काठमाडौं आएका उनले उक्त कोकिन निलेर ल्याएको पाइएको ब्यूरोका डीएसपी प्रेमबहादुर शाहीले बताए ।

कोकिन निलेर काठमाडौं ल्याइपछि मलद्वारबाट निकालेर बच्चाको खेलौना (डल) मा लुकाएको अवस्थामा ब्यूरोको टोलीले बरामद गरेको हो । बरामद कोकिनको बजार मूल्य ३ करोड ८० लाख रुपैयाँ बराबर हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved