कांग्रेस सभापति देउवा निवास अगाडि शंकास्पद वस्तु फेला

नेपालभ्युज

कांग्रेस सभापति देउवा निवास अगाडि शंकास्पद वस्तु फेला

धनगढी । धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी प्रमुख पदमबहादुर विष्टले एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए ।

उक्त वस्तु के हो भन्ने कुरा नखुलेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved