यस्तो छ थामेमा हिमताल फुट्नुको कारण (रिपोर्ट)

नेपालभ्युज

यस्तो छ थामेमा हिमताल फुट्नुको कारण (रिपोर्ट)

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामेमा हिमताल फुट्नुको मुख्य कारण अचानक आएको भू–परिवर्तन भएको खुलेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सेटलाइट तस्वीर तथा घटना अगाडि र पछिको भू–बनोटमा आएको परिवर्तनको अध्ययनबाट उल्लेख्य भू–हलचल नै हिमताल फुट्नुको मुख्य कारण भएको खुलेको हो ।

हिमताल १ को प्राकृतिक बाँधभन्दा तल र हिमताल २ भन्दा माथिल्लो क्षेत्रमा अचानक आएको भू–परिवर्तन नै हिमताल २ विष्फोटनको मुख्य कारण रहेको विभागले जनाएको छ ।

विभागका अनुसार थामे आसपास स्याङवोचे र फोर्सेमा घट्नाको केही दिन अगाडिको वर्षा र तापक्रमको वृद्धिले माथिल्लो हिमताल २ भन्दा माथिल्लो क्षेत्रमा ग्लेसियररआईसमेल्ट ९हिमपहिरो०ले माथिल्लो हिमताल १ ओभरफ्लो भएको हुनसक्छ ।

यही साउन ३२ गते दिउँसो थामे भइ बग्ने थामे खोलामा एक्कासी बाढी आएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved