नागढुंगामा दुईतर्फी यातायात सञ्चालन

नेपालभ्युज

नागढुंगामा दुईतर्फी यातायात सञ्चालन
फाइल तस्वीर ।

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा बुधबार खसेको पहिरो पूर्ण रूपमा हटाएर शुक्रबार साँझदेखि सडक दुईतर्फी खुलाइएको छ ।

प्रहरी वृत्त थानकोटकानुसार बुधबार बिहान खसेको पहिरो सोही दिन साँझ एकतर्फी खुलाइएको थियो ।

गाडीको चाप घटेपछि आज बाँकी रहेको पहिरो पन्छाइएको हो ।

पहिरो हटाइएसँगै आज साँझदेखि दुईतर्फी गाडी सञ्चालन भएको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved