साफ यू–२० : नेपालले सेमिफाइनलमा भुटानसँग खेल्ने

नेपालभ्युज

साफ यू–२० : नेपालले सेमिफाइनलमा भुटानसँग खेल्ने

काठमाडौं । जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

समूहचरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेसंगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको हो ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेको हो ।

पराजित भएसँगै माल्दिभ्स अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ भने भारत समूह विजेता बनेको छ ।

त्यस्तै सोहि समूहबाट भुटान तीन अंकका साथ सेमिफाइनल पुगेको छ । अव सेमिफाइनलमा नेपालले भुटानसंग प्रतिष्पर्धा गर्ने छ भने साविक विजेता भारतले साविक उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने एन्फाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved