तनहुँ बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १६ घाइते, केही बेपत्ता

नेपालभ्युज

तनहुँ बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १६ घाइते, केही बेपत्ता

काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ ।

१६ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको थापाले जानकारी दिए ।

बसमा ४० भन्दा धेरै यात्रु रहेको बताइएको छ । हराइरहेकाहरुको खोजी कार्य जारी छ ।

शुक्रबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस हाल नदी किनारमा अड्किएको अवस्थामा छ ।

उद्धार कार्य जारी रहेकोले मृतक र घाइतेको संख्या बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved