कमला नदीमा नयाँ पुल निर्माण गर्ने सहमति

नेपालभ्युज

कमला नदीमा नयाँ पुल निर्माण गर्ने सहमति

जनकपुरधाम । कमला नदीमा पुल निर्माणको माग गर्दै आमरण अनशन बसेका युवाहरूसँग मधेस प्रदेश सरकारले ४ बुँदे सहमति गरेको छ ।

सहमतिपछि मुख्यमन्त्री सतिशकुमार सिंहको हातबाट जुस खाँदै युवाहरुले अनशन तोडेका छन् । सम्झौताअनुसार कमला नदीमा नयाँ पुल निर्माण गरिने भएको छ ।

साथै, नयाँ पुलका लागि आवश्यक बजेट आ.व. २०८२/०८३ को वार्षिक बजेटमा संघ सरकारबाट राख्न पहल गर्ने वा सम्पूर्ण बजेट प्रदेश सरकारकै स्रोतबाट व्यहोर्ने सहमति भएको छ ।

विसं २०८१ मंसिर १ गतेभित्र पुल निर्माणका लागि डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने र नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने पनि सहमति भएको छ ।

नयाँ कमला पुल निर्माणको माग गर्दै युवाहरु भदौ ४ गतेदेखि युवाहरु आमरण अनशनमा बसेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved