काठमाडौं । ब्रिटेनको दक्षिण यार्कशायरको र्यादरहोमा संसारकै सबैभन्दा डरलाग्दो ‘डल’ रहेको छ । न्यूयोर्क पोस्टका अनुसार यो डलले अहिलेसम्म १७ जना पुरुषहरूमाथि हमला गरिसकेको छ।
यो डलमा एलिजाबेथ नामकी एक दुलहीको आत्मा छ भनिदै आएको छ । जसलाई उनको पतिले धोखा दिएका थिए । त्यसैले यसलाई ब्राइडल डलको नामले पनि चिनिन्छ।
न्यूयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा पैरानोरमल विशेषज्ञ अर्थात डलका मालिक ली स्टीरले भनिन् – यो ब्राइडल डल सधैं म्युजियममा आकर्षणको केन्द्र रहेको छ। अहिले हाम्रो म्युजियममा द कन्जुरिङ फिल्मका धेरै भूतहा चीजहरू आइसकेका छन्, त्यसैले डललाई डाह लागिरहेको छ। यस्तोमा पुनः ध्यानाकर्षण गर्न डलले हमला बढाएको छ।
लीले बताएअनुसार केही दिनअघि जब उनी म्युजियममा काम गरिरहेका थिइन्, तब उनलाई आफ्नो घाँटीमा जलन महसूस भयो। उनले आफ्नो पिठ्युँमा डाबरहरु पनि देखे। उनले भने कि यो डल महिलामाथि हमला गर्दैन। केही व्यक्तिहरूलाई लाग्ने गरेछ कि एलिजाबेथसँग कुनै पुरुषले खराब व्यवहार गरेपछि उनी ब्राइडल डलमा बस्न थालेकी हुन्।
सीसीटीभी फुटेज हेरफेर गर्छिन् ब्राइडल डल
लीका अनुसार डलले हमला गर्नुबाहेक अरू पनि धेरै काम गरिसकेकी छिन् । उनले धेरै पटक फायर अलार्म बजाएको, परफ्यूमका बोतलहरू फ्याँकेको र अरू पनि धेरै चीजहरूमा नोक्सान पुर्याएकी छिन् । डलले सीसीटीभी फुटेजमा पनि केही हेरफेर गरेकी थिइन् ।
ली स्टीरभन्दा अघि यो डल डैबी नामकी महिलासँग थियो। यसलाई किनेको केही दिनपछि नै डैबीको घरमा अचम्मका घटनाहरू हुन थालेका थिए । उनको पतिको हातमा चोटका निशानहरू देखिन थाले । सुरुमा त दुबैलाई बुझ्न गाह्रो भयो । के भइरहेको छ भनेर उनीहरु अचम्मित भएका थिए ।
तर पछि डैबीले पत्ता लगाइन् कि यी सबै डलको कारण डल नै हो । उनलाई लाग्यो डल भूतहा छ । त्यसपछि डैबीले यसलाई अनलाइन बेच्ने निर्णय गरिन् ।
ब्राइडल डल बाहेक संसारमा ३ अन्य डल पनि छन्, जसलाई सबैभन्दा डरलाग्दो मानिन्छ । तिनीहरूमा एनाबेल, ओकिकु, र रोबर्ट द डल समावेश छन् ।
एनाबेलमाथि धेरै फिल्महरू बनिसकेका छन्
एनाबेल एक रैगेडी ऐन नामक कार्टून पात्रको गुडिया हो । यो १९७० को दशकमा निकै चर्चित रह्यो । नर्सिङ्गकी छात्रा डोनालाई उनको आमाले यो डल उपहारमा दिएकी थिइन् । डोना र उनको रुममेट एन्जी जब घर फर्कन्थे, डलले आफ्नो स्थान परिवर्तन गरिसकेको हुन्थ्यो ।
हाल यो डल अमेरिकाको मोनरोमा रहेको वारेन ओकल्ट म्युजियममा राखिएको छ। चर्चित फिल्म श्रृंखला एनाबेलको कथा यही डलबाट प्रेरित छ।
ओकिकु डलको बढ्दो कपाल काट्छन् : पुजारी
जापानमा १९१८ मा एक केटाले आफ्नो बहिनी ओकिकुलाई उपहार दिनका लागि एक डल किन्यो । उनकी बहिनीले डलको नाम ओकिकु नै राखिन् । एक वर्षपछि केटीको उच्च ज्वरोका कारण मृत्यु भयो ।
यसपछि उनको परिवारले डलको कपाल बढिरहेको देखे र उनीहरूले ओकिकुकी आत्मा डलमा सरेको छ भन्ने विश्वास गरे । यो डल हाल जापानको होक्काइडोस्थित मन्नेंजी मन्दिरमा छ। भनिन्छ, त्यहाँ एक पुजारी नियमित रूपमा ओकिकुको बढ्दो कपाल काट्छन् ।
तस्वीर खिच्नका लागि रोबर्ट द डलसँग अनुमति लिनुपर्छ
रोबर्ट द डललाई फ्लोरिडाको रोबर्ट युजीन ओटो नामक एक बालकलाई उपहारस्वरूप दिइएको थियो । त्यसपछि उनको परिवारले दाबी गरे कि यो डल आफ्नै इच्छाअनुसार स्थान परिवर्तन गर्छ । यसले अचम्मको आवाजमा निकाल्छ र त्यो आवाज प्रायः एक्लै सुनिन्छ ।
हाल यो डल अमेरिकाको फ्लोरिडामा रहेको ईस्ट मार्टेलो म्युजियममा राखिएको छ । रोबर्ट आफ्नो अनुहारको भाव परिवर्तन गर्छ र अचम्मका आवाज निकाल्छ । जसले बिना अनुमति उसका तस्वीरहरू खिच्छन्, त्यसलाई यो डल ती व्यक्तिहरूमाथि हमला गर्छ ।(दैनिक भास्करबाट साभार)
Facebook Comment
Comment