लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त

नेपालभ्युज

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा यमलाल खनाल नियुक्त भएका छन्।

प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले बिहीबार  मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा खनाललाई संविधानको धारा १६० को उपधारा २ अनुसार  मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

खनाल लामो समयदेखि कानुन व्यवसायका क्षेत्रमा काम गर्दै आएका छन्।

उनी बुटवल उपमहानगरपालिका वडा नम्बर ९ निवासी हुन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved