लसुनको अत्याधिक सेवनले स्वास्थ्यमा पुर्‍याउन सक्छ हानि !

नेपालभ्युज

लसुनको अत्याधिक सेवनले स्वास्थ्यमा पुर्‍याउन सक्छ हानि !

काठमाडौं । लसुन एक यस्तो मसला हो, जसको प्रयोग खाना पकाउँदा स्वाद बढाउनका लागि सबैभन्दा बढी गरिन्छ ।

लसुनलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । काँचो लसुन खानाले शरीरलाई धेरै फाइदा पुग्न सक्छ । लसुन प्रत्येक नेपाली भान्सामा पाइने चीजहरू मध्ये एक हो ।

लसुनमा एन्टी–ब्याक्टेरियल, एन्टी–इन्फ्लेमेटरी एलिसिन, डायलील डाइसल्फाइड र एस–एलिलसिस्टिन जस्ता सल्फर कम्पाउन्डहरू पाइन्छन्, जसले शरीरलाई धेरै फाइदा पुर्‍याउन सक्छ ।

तर, के तपाईंलाई थाहा छ गर्मीको मौसममा आवश्यकताभन्दा बढी लसुनको सेवनले स्वास्थ्यलाई फाइदा भन्दा बढी हानि पुर्‍याउन सक्छ । त्यसैले लसुन खानाले हुने नोक्सानहरू जानौँ ।

नोक्सानहरू-

रक्तचाप

रक्तचापका बिरामीलाई धेरै चीजहरू खान र पिउन रोक लगाइन्छ । यदि तपाईं पनि रक्तचापको बिरामी हुनुहुन्छ भने लसुनको धेरै सेवन नगर्नुहोस्, नत्र गम्भीर परिणाम भोग्नुपर्ने हुन सक्छ ।

एसिडिटी

एसिडिटीको समस्यामा पेट दुख्ने, पेट फुल्ने र पेट ग्यासको समस्या धेरै देखिन्छ र यस्तो अवस्थामा लसुनको सेवनले यो समस्या अझ बढाउन सक्छ ।

छालाको समस्या

लसुनमा एलिनेज नामक एक एन्जाइम हुन्छ, जसले सामान्यतया छाला रातो हुन्छ । लसुनको धेरै मात्रामा सेवन गर्दा छालामा जलन र छालामा र्‍यासेज हुन सक्छ ।

रक्तअल्पता

शरीरमा रगतको कमी छ भने लसुनको सेवन नगर्नुहोस् । किनकी लसुनको सेवनले तपाईंको शरीरमा अझ बढी रगतको कमी हुन सक्छ ।

टाउको दुखाइ

काँचो लसुनको धेरै मात्रामा सेवन गर्दा टाउको दुखाइको समस्या हुन सक्छ । यदि तपाईंलाई पहिले नै टाउको दुखाईको समस्या छ भने लसुनको सेवन नगर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved