कैलालीमा ५ हजार घरधुरी डुबानमा

नेपालभ्युज

कैलालीमा ५ हजार घरधुरी डुबानमा

धनगढी । कैलालीको भजनी नगरपालिका क्षेत्र जलमग्न भएको छ । भजनी नगरपालिकाको मात्रै ५ हजार घरधुरी डुबानमा परेको हो ।

भजनी नगरपालिकाको वडा नं. ३ का वडाध्यक्षसमेत रहेका नगर प्रवक्ता विक्रम चौधरीले वडा नं. ३, ८, ५, ७, ९, २ को मोहनपुर, पल्टुपुर, तीनघरुवा, वडा नं ४ को बिजुलिया, झल्झलिया, खैलाड, कुडी गाउँ डुबानमा परेको जानकारी दिए ।

बिहीबार बिहानैदेखि भजनी नगरपालिकास्थित काँढा, पथरैया, कान्द्रा र मोहना नदीमा आएको बाढी बस्तीमा पसेपछि ५ हजार घरधुरी डुबानमा परेको प्रवक्ता चोधरीले बताए ।

जसमध्ये करिब नौ सय घरधुरीलाई सुरक्षित स्थानमा सारिएको चौधरीले बताए । नदीमा पानीको सतह बढ्दै गएकोले विस्थापितको संख्या बढ्दै जाने उनको भनाइ छ ।

वडाको जनप्रतिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली विहानैदेखि उद्धारमा खटिएका छन् । भजनी क्षेत्र वर्षेनी डुबानमा पर्दै आएको छ । त्यस्तै, कैलारि गाउँपालिकामा ४ सय ५० घर डुबानमा परेको अध्यक्ष राजसमझ चौधरीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved