युट्युबमा क्रिस्टियानो रोनाल्डोको तहल्का, सब्सक्राइबरमा कीर्तिमान

नेपालभ्युज

युट्युबमा क्रिस्टियानो रोनाल्डोको तहल्का, सब्सक्राइबरमा कीर्तिमान

काठमाडौं । फुटबल स्टार क्रिस्टियानो रोनाल्डनो (Cristiano Ronaldo) ले युट्युब च्यानल खोलेको २४ घण्टा नपुग्दैँ १३ मिलियनभन्दा बढि सब्सक्राइबर कमाइ सकेका छन् ।

केवल १ घण्टा २९ मिनेटमा नै रोनाल्डोको च्यानलले १ मिलियन सब्सक्राइबर जोडेको थियो । यसले सबैभन्दा छिटो १ मिलियन पुग्ने च्यानलको कीर्तिमान बनाएको छ ।

‘यूआर क्रिस्टियानो’ (UR Cristiano) नामले अगस्ट २१ मा उनले च्यानल ल्याएका थिए ।

रोनाल्डोले पाए उपहारस्वरुप ‘रोल्स रोयस’

रोनाल्डोले आफ्नो च्यानलले पाएको गोल्डन प्ले बटनको भिडिओ पनि अपलोड गरिसकेका छन् । उनले च्यानलको गोल्डन बटन आफ्ना बच्चाहरुलाई समर्पित गरेका छन् ।

उनको च्यानलमा विगत १५ घण्टामा कुल १२ भिडिओ पोष्ट भएका छन् । युट्युब स्टर्समा भने उनको च्यानलमा ७ भिडियो अपलोड भएका छन् । पहिलो भिडिओमा ७.१ मिलियन भ्यूज छ । उनकी गर्लफ्रेन्ड जर्जिनासँग बनाएको भिडिओ ५.५ र ८.८ मिलियन भ्यूज गएका छन् ।

रोनाल्डोको आगमनसँगै अलनासरको चर्चा चुलिँदो, नयाँ सहकर्मीबीच स्टारका चुनौती र सम्भावना

हालसम्म सबैभन्दा लामो भिडिओ ३ मिनेट २४ सेकेन्डको रहेको छ भने सबैभन्दा छोटो २७ सेकेन्डको छ । तर, सबै भिडिओमा १ मिलियन भ्यूज कटेको छ ।

उनको सब्सक्राइबर तीव्र रुपमा बढ्ने क्रम जारी नै छ ।

रोनाल्डोको च्यानल:

समाचारको अंग्रेजी संस्करण


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved