प्रधानमन्त्रीले बिहीबार सांसदका प्रश्नको जवाफ दिने

नेपालभ्युज

प्रधानमन्त्रीले बिहीबार सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएपछि केपी शर्मा ओलीले बिहीबार पहिलो पटक सांसदहरुका प्रश्नको जवाफ दिने भएका छन् ।

उनले बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले लिखित रुपमा सोधेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयले भन्यो,  ‘सरकारले आगामी दिनमा लिने नीति, कामको प्रभावकारिता र समसामयिक विषयमा प्रधानमन्त्रीज्यूले सांसदहरुको प्रश्नको जवाफ दिने तयारी छ, सांसदहरुको प्रश्नको जवाफ तयार भइसकेको छ ।’

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने परम्परा सुरु भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved