भारतका विभिन्न सपिङ मलमा बम आक्रमणको धम्की, अनुसन्धान जारी

नेपालभ्युज

भारतका विभिन्न सपिङ मलमा बम आक्रमणको धम्की, अनुसन्धान जारी

काठमाडौं । भारतको राजधानीका विभिन्न सपिङ मलहरूमा मङ्गलबार बम आक्रमणको धम्की आएको छ ।

दिल्ली प्रहरीकाअनुसार चाणक्य मल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम विस्फोट हुनेछ भनी धम्की पत्र प्राप्त भएको थियो ।

सूचना प्राप्त हुने बित्तिकै मलका अधिकारीहरूले जानकारी गराए लगत्तै अनुसन्धान थालेको दिल्ली प्रहरीले जनाएको छ । ति स्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो । तर, कतै पनि बम फेला परेको छैन ।

प्रहरीले धम्कीबारे अनुसन्धान गरिरहेको भारतीय न्यूज एजेन्सी एएनआईले जनाएको छ ।

गुरुग्रामको एम्बियन्स मलमा अगस्ट १७ मा बम आक्रमणको धम्की प्राप्त भएको थियो । तर, खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम प्रहरीले जानकारी दिएको छ ।

‘एम्बियन्स मलको प्रशासनले मलमा बम राखिएको सूचना प्राप्त गरेको थियो । सूचना पाएपछि बम पत्ता लगाउने तथा डिस्पोजल टोलीलगायत सबै घटनास्थलमा पुगेका थिए,’एसीपी विकास कौशिकले पत्रकारलाई बताउनुभयो ।

गुरुग्राम प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि पोस्ट वा इमेलमार्फत भ्रामक बम धम्की वा गलत जानकारी दिएको पाइएमा कानुनी कारबाही गरिने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved