काठमाडौं । बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीले पूर्व प्रधानमन्त्री शेख हसिनालाई शरण दिएकोमा भारतलाई निशाना बनाएको छ ।
पार्टीका महासचिव मिर्जा फखरुल आलमगीरले हसिनालाई आश्रय दिएर भारत लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट पछि हटेको बताएका छन् ।
उनले भने, ‘बंगलादेशको क्रान्तिलाई कुचल्नका लागि भारतबाट धेरै योजना बनाइँदैछ ।’
उनले अवामी लिगले मुलुकमा गरेको विनाशलाई सच्याउन केही समय लाग्ने बताए । यसका लागि उनको पार्टीले अन्तरिम सरकारलाई पर्याप्त समय दिने बताए ।
बंगलादेशमा आरक्षण विरुद्धको विद्यार्थी आन्दोलन र हिंसाका बीच हसिनाले आफ्नो पदबाट राजीनामा दिएर भारत आइन् र त्यसबेलादेखि त्यहीँ छिन् ।
यसैबीच अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण ९आईसीटी० ले बंगलादेशमा आरक्षण विरोधी आन्दोलनसँग सम्बन्धित मामिलामा शेख हसिनासहित नौ जनामाथि अनुसन्धान गर्ने निर्णय गरेको छ ।
सबैलाई हत्या, नरसंहार र यातनाको आरोप लगाइएको छ । आरक्षण विरोधी आन्दोलनका क्रममा गत बुधबार एक विद्यार्थीका बुबाले यो याचिका दायर गरेका थिए ।
अन्तरिम सरकारका कानून, न्याय र संसदीय मामिला सल्लाहकार प्राध्यापक आसिफ नजरुलले दोषीविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणमा मुद्दा चलाइने बताएका छन् ।
Facebook Comment
Comment