तस्वीरमा २१औं नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव

तस्वीरमा २१औं नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, तेस्रो लिङ्गी तथा पार लिङ्गी व्यक्ति र विविध लैङ्गिक प्रस्तुति भएकाहरूको समूह ‘ब्लु डायमन्ड सोसाइटी’ले २१औं नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव मनाएको छ ।

सोसाइटीका अनुसार सामाजिक तथा सांस्कृतिक विविधताको उत्सवको रूपमा मनाइने यस कार्यक्रममा, लिङ्ग र लैङ्गिक विविधता र समानताको लागि आवाज उठाउन गाईजात्रा प्राइड परेडको आयोजना गरिएको हो । यसले समावेशिता र समानताको महत्वलाई अझ बलियो बनाउन मद्दत पुर्‍याउने सोसाइटीले अपेक्षा गरेको छ ।

ठमेलस्थित कर्मचारी सञ्चय कोष परिसरबाट सुरु भएको प्राइड परेड वसन्तपुरमा आएर समापन भएको थियो ।

आफ्ना पहिचानमाथि गर्व गर्दै उत्सवको रूपमा सार्वजनिक उद्घोष गर्ने, मृत समुदायका व्यक्तिप्रति शोक प्रकट गर्ने र समुदायमाथि हुने विभेद र घृणाविरुद्ध समुदायको अधिकारका लागि आवाज उठान गर्ने उद्देश्यले २१ वर्षदेखि यो उत्सव मनाउन थालिएको हो ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved