वृज इन्टरनेशनलको ब्रान्ड एम्बेसडरमा सन्दीप

नेपालभ्युज

वृज इन्टरनेशनलको ब्रान्ड एम्बेसडरमा सन्दीप

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने वृज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।

सोमबार आयोजित एक कार्यक्रमबीच कन्सल्टेन्सी र लामिछानेबीच हस्ताक्षर कार्यक्रम भएको छ । उनी २ वर्षका लागि एम्बेसडर नियुक्त भएका हुन् ।

साइनिङ प्राइज भने खुलाइएको छैन । कन्सल्टेन्सीका निर्देशक भुवन गिरीले सन्दीपलाई पैसासँग तुलना गर्न नमिल्ने बताए ।

सन्दीपले भने यस्ता कार्यलाई खेलाडीलाई सहयोग पुर्‍याउने बताए । ‘यस्तै कुराले गर्दा हामी जस्तो खेलाडीलाई हौसला मिल्ने गर्छ, म देशको लागि र देशलाई अगाडि राख्न सधै तत्पर रहनेछु’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved