दुर्गा प्रसाईंको बीएण्डसीले पाएको सम्बन्धनविरुद्ध गोविन्द केसी पुगे सर्वोच्च अदालत

नेपालभ्युज

दुर्गा प्रसाईंको बीएण्डसीले पाएको सम्बन्धनविरुद्ध गोविन्द केसी पुगे सर्वोच्च अदालत

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज बीएण्डसीले पाएको सम्बन्धनविरुद्ध डा. गोविन्द केसीले सर्वोच्च अदालत पुगेका छन् ।

बीएण्डसीले पाएको सम्बन्धन त्रुटिपूर्ण रहेको दाबी गर्दै केसी आइतबार आफैँ सर्वोच्च अदालत पुगेर निवेदन दर्ता गराएका हुन् ।

केसीले यसअघि बीएण्डसीको पक्षमा भएको बदर हुनुपर्ने माग गरेका छन्, जसमा उनले ८ वटा कारण देखाएका छन् ।

यसअघि अदालतले ०८० चैत १२ गते सर्वोच्चले प्रसाईंको मेडिकल कलेजलाई प्रक्रिया पूरा गरी सम्बन्धन दिनु भनि आदेश दिएको थियो । न्यायाधीशद्वय कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रसाईंको मागअनुसार रिट जारी हुने निर्णय सुनाएको थियो ।

त्यसविरुद्ध केसी पुन: अदालत पुगेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved