सहकारी ठगी प्रकरण : ८ वटा संस्थामा आबद्ध ‘सिते बा’सँग बयान लिइयो

नेपालभ्युज

सहकारी ठगी प्रकरण : ८ वटा संस्थामा आबद्ध ‘सिते बा’सँग बयान लिइयो

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले विभिन्न ८ वटा सहकारी संस्थामा आबद्ध ‘सिते बा’ भनिने मधुसुदन पाठकसँग  बयान लिएको छ ।

विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्न आरोपिमध्ये शनिबार उनीसँग बयान लिइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

बैठकमा उनले समितिले सोधेका विषयहरुमा जवाफ पेस गरेको बताइएको छ । कलाकार समेत रहेका उनी  ८ वटा सहकारी संस्थाहरूसँगआबद्ध छन् ।  उनी  ज्येष्ठ वचत तथा ऋण सहकारी संस्थाका सचिव हुन् ।

समितिले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा विभिन्न व्यक्तिलाई बोलाएर बयान तथा छलफल गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved