पशुपति कोटिहोममा नेपालभ्युजकर्मी पुडासैनीमाथि हातपात, ज्यान मार्ने धम्की (भिडिओ)

गएराति पनि कृष्णमूर्तिकै मान्छेहरूद्वारा पुडासैनीमाथि हातपात भएको हो, जतिबेला मूर्ति त्यहीँ थिए । हातपात हुँदा कतिपय कृष्णमूर्तिका समर्थकले ‘मार्नुपर्छ…’ भनेका छन् । 

नेपालभ्युज

पशुपति कोटिहोममा नेपालभ्युजकर्मी पुडासैनीमाथि हातपात, ज्यान मार्ने धम्की (भिडिओ)

काठमाडौं । पशुपति कोटिहोममा रिपोर्टिङका लागि पुगेका नेपालभ्युजकर्मी श्यामसुन्दर पुडासैनीमाथि हातपात भएको छ ।

गएराति कोटिहोममा भएको तनावबारे रिपोर्टिङका लागि पुगेका पुडासैनीमाथि हातपात भएको हो । पुडासैनी राति साढे १२ बजे कोटिहोमस्थल पुगेका थिए ।

त्यहाँ पुगेर नेपालभ्युजको आधिकारिक फेसबूक पेजबाट लाइभ गरेका उनलाई मञ्चमा चढाएर माला लगाइदिएर अपमानपूर्ण ढङ्गले हातपात गरिएको हो ।

लाइभ गरिरहेका पुडासैनीलाई उद्घोषकले ‘तपाईं समर्थनमा हो कि विरोधमा…?’ भनेर सोधेका थिए । त्यसपछि मञ्च चढाइएका उनलाई अपमानपूर्ण व्यवहार गरिएको हो ।

मञ्चबाट उनलाई भीडले पछ्याएको थियो । उनको टाउकोमा सानोतिनो चोटहरू छन् ।

पुडासैनीले यसअघि नेपालभ्युजमा ‘आस्था र आलोचनाको दोसाँधमा पशुपति कोटिहोम, धर्मको आडमा धनको खेल !‘ शीर्षकमा लामो स्टोरी गरेका थिए ।

त्यही स्टोरी लेखेपछि उनलाई निशानामा राखिएको बुझिएको छ । यो स्टोरी कोटिहोमका मुख्य आयोजक विजय कृष्णमूर्तिले चलाएको कमाइ-धन्दाबारे थियो ।

गएराति पनि कृष्णमूर्तिकै मान्छेहरूद्वारा पुडासैनीमाथि हातपात भएको हो, जतिबेला मूर्ति त्यहीँ थिए । हातपात भइरहँदा कतिपय कृष्णमूर्तिका समर्थकले ‘मार्नुपर्छ…’ भनेका थिए ।

कृष्णमूर्तिले ‘…बंगलादेश बनाइदिने’ भड्काउपूर्ण अभिव्यक्ति दिएपछि त्यहाँ प्रहरी प्रवेश गर्न खोजेको थियो । त्यसेला उनका समर्थकहरूले चर्को नाराबाजी गरेका थिए । यसपछि प्रहरी फर्कियो । त्यसकै रिपोर्टिङमा पुगेका पुडासैनीमाथि हातपात भएको हो ।

यसबारे मिडिया कुराकानीले ‘पत्रकार श्यामसुन्दर पुडासैनीमाथि कोटिहोममा भण्डारी समूहको कुटपिट र लुटपाट, ज्यान मार्ने धम्की‘ शीर्षकमा समाचार छापेको छ ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved