पूजा कोठाको महत्त्व र सजावटका उपायहरू

नेपालभ्युज

पूजा कोठाको महत्त्व र सजावटका उपायहरू

काठमाडौं । हिन्दुहरूको घरमा प्रायः पूजा–पाठका लागि विशेष रूपमा एक ठाउँ बनाइन्छ । यस्तो ठाउँ जहाँ भगवान‌्‌को दर्शन र पूजापाठ गरिन्छ ।

पूजा कोठाको महत्त्व केवल त्यहाँ दिन–रात दीयो बाल्नु र आरती गर्नु मात्र होइन । यहाँ गएर मनलाई पनि एक अलग शान्तिको अनुभव हुन्छ ।

यदि तपाईंले पूजा कोठा बनाउनु भएको छ भने, यसको सजावट पनि आवश्यक छ । ताजा फूल, मूर्तिहरूले पूजा गर्ने कोठा सजाउनुहोस् ।

घरमा पूजा गर्नका लागि सही ठाउँ छान्नु धेरै महत्त्वपूर्ण छ । यो ठाउँ यस्तो हुनुपर्छ, जहाँ तपाईंलाई अरूले डिस्टर्ब नगरोस् । साथै यो कोठा सफा–सुग्घर हुनुपर्छ । मन्दिरमा देवी–देवताका पोस्टरको सट्टा मूर्तिहरू स्थापना गर्नुहोस् । पूजा स्थल सजाउन रङ्गी–विरङ्गी कपडाहरूको प्रयोग गर्नुहोस् ।

पूजा घरको सजावटमा ताजा फूलहरूको प्रयोग गर्नुहोस् । पूजा घरमा बिहान–बेलुका नियमित रूपमा दीयो बाल्नुहोस् । यसले घरमा सकारात्मक ऊर्जा ल्याउँछ ।

पूजा कोठा व्यवस्थित देखिनका लागि दीयो, धूप बत्ती, अगरबत्ती र पूजाको सामग्रीलाई एक भाडामा राख्नुहोस् । दीयो बाल्ने ठाउँलाई समय–समयमा सफा गर्नुहोस् । ध्यान दिनुहोस् कि पूजा गर्ने ठाउँमा पर्याप्त उज्यालो हुनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved