काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको छ ।
बिहीबार दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारी आक्रामक भएपछि भीड नियन्त्रण गर्न अश्रुग्यास हानेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएको महिलाको नामथर र ठेगाना खुलेको छैन ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर भत्तपुरका ८० जना र काठमाडौंका ११५ जना प्रहरी परिचालन भएका छन् ।
ट्राफिकले चेक गरिरहेको स्कुटरलाई ट्रकले ठक्कर दियो, महिलाको मृत्युपछि गट्ठाघर तनावग्रस्त
Facebook Comment
Comment