गठ्ठाघर दुर्घटना : स्कुटर चालकको शव उठाइयो (तस्वीरहरू)

नेपालभ्युज

गठ्ठाघर दुर्घटना : स्कुटर चालकको शव उठाइयो (तस्वीरहरू)

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाएकी स्कुटर चालकको शव उठाइएको छ । स्थानीय बासिन्दाको चर्को प्रदर्शनका बीच प्रहरीले शव सडकबाट उठाएको हो ।

बिहीबार दिउँसो गठ्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तर, सनाखत हुने भैसकेको छैन ।

ट्राफिकले चेक गरिरहेको स्कुटरलाई ट्रकले ठक्कर दियो, महिलाको मृत्युपछि गट्ठाघर तनावग्रस्त

ट्राफिक प्रहरीले बा ४९ प ८९४४ नम्बरको स्कुटर रोकेर चेकजाँच गरिरहेको थियो । तीव्र गतिमा आएको ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर २० मिटर परसम्म घिसारेर लगेको थियो ।

घटनापछि स्थिति तनावपूर्ण बनेको थियो । आक्रोशित भिडले स्कुटर चालकलाई ठक्कर दिने ट्रकको सिसा तोडफोड गरेका छन् भने प्रहरीमाथि ढुंगामुडा गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved