भ्रष्टाचार मुद्दामा गोदावरीका मेयर र उपमेयरले पाए सफाइ

नेपालभ्युज

भ्रष्टाचार मुद्दामा गोदावरीका मेयर र उपमेयरले पाए सफाइ

काठमाडौं । विशेष अदालतले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सबै आरोपितहरूलाई सफाइ दिएको हो ।

उनीहरूमाथि ढुंगा बालुवा उत्खनन र बिक्री वितरणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २१ जेठमा ललितपुरको लेले र नल्लुमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगहरूबाट राजस्व नउठाई भ्रष्टाचार गरेको भन्दै मेयर गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहित १४ जनाविरूद्ध भ्रष्टारमुद्दा दायर गरेको थियो ।

अख्तियारले ८ जना कर्मचारी, ७ जना खानी सञ्चालक र ७ वटा कम्पनीविरूद्ध पनि मुद्दा चलाएको थियो ।

अख्तियारले उठाउनुपर्ने जति राजस्व नउठाएको, राजस्व छुट दिएको र भ्याट नउठाएको भन्दै एक अर्ब ४ करोड रूपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved