काठमाडौं । आइएमई लिमिटेड र जीएमई रेमिटले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई रेमिट एक आपसमा मर्ज भएर आइएमई लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो ।
अध्यक्ष चन्द्र ढकालले रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन आइएमई र जीएमई रेमिटलाई मर्जर गरेर एकीकृत कारोबार सुरु गरिएको बताए । मर्ज पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ हुने छ । हाल आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ छ ।
रेमिट्यान्स कारोबार रकमका आधारमा आईएमई पहिलो र जीएमई तेस्रो ठुला कम्पनी हुन् । मर्ज पछि कम्पनीको कारोबार मासिक ३० अर्बभन्दा बढी हुने अनुमान छ । आइएमई देशकै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो भने जीएमई जापान र कोरियाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो ।
मर्ज पछि कम्पनीले १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा पनि गइसकेको छ । सेबोनले अनुमति दिने बित्तिकै कम्पनीले आईपीओ ल्याउने बताएको छ ।
यी दुवै कम्पनीको गत जेठमा भएको साधारणसभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सोही प्रस्तावअनुसार साउन ३० गते एकीकृत कारोबार सुरु भएको हो ।
जनतालाई मालिक बनाउने अर्को पहल सुरु गरेका छौँ : अध्यक्ष ढकाल
Facebook Comment
Comment