सहकारी ठगी प्रकरण : जेलमा भएका सूर्यदर्शनका संचालकसँग सोधपुछ

नेपालभ्युज

सहकारी ठगी प्रकरण : जेलमा भएका सूर्यदर्शनका संचालकसँग सोधपुछ

काठमाडौं । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले जेलमा रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारीका संचालकहरुसँग सोधपुछ गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको बैठकमा समितिले जेलमा रहेका सूर्यदर्शन सहकारी पोखराका पूर्व संचालक भविश्वर अर्याल, सचिव तथा गोरखा मिडिया नेटवर्क प्रालिका संचालक कुमार रम्तेल र पूर्व संचालक शिवकुमार गुरूङ(महेन्द्र भोटे)सँग बयान लिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए । उनीहरुलाई कास्की सुधार गृहबाट बैठकमा उपस्थित गराइएको हो ।

समय अभावका कारण अर्यालसँग आज  केही विषयमा मात्रै सोधपुछ गरिएकोले उनलाई भोली बुधबार ८ बजेदेखि पुनः बयान लिने गरी समितिमा बोलाइएको थापाले बताए ।

बुधबार पोखराकै बाँकी तीन सहकारीका जेलमा रहेका पीडकहरूसँग सोधपुछ गर्ने कार्यक्रम रहेको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved