अमेरिकाले भन्यो : बंगलादेशको घटनामा हाम्रो हात छैन

नेपालभ्युज

अमेरिकाले भन्यो : बंगलादेशको घटनामा हाम्रो हात छैन

काठमाडौं । अमेरिकाले बंगलादेशमा शेख हसिना सत्ताबाट बाहिरिनुमा आफ्नो भूमिका रहेको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ । अमेरिकाले यसलाई अफवाह मात्र भनेको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले भनिन्, “यसमा हाम्रो कुनै संलग्नता छैन । हालैका घटनाहरू (बंगलादेशमा सत्ता परिवर्तन) मा अमेरिकी सरकारको हात रहेको कुनै पनि रिपोर्ट गलत हो ।”

जानौँ सेन्ट मार्टिन टापुबारे, जसको कारण हसिनाले सत्ता छाड्नुपरेको दाबी गरिन्

उनले थप भनिन्, “यो विकल्प बंगलादेशका नागरिकहरूले आफैंले रोजेका हुन् । बंगलादेशका जनताले त्यहाँको सरकारको भविष्य निर्धारण गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ ।”

बंगलादेशका विद्यार्थीहरूले आरक्षणको विरोधमा केही महिनादेखि प्रदर्शन गरिरहेका थिए । जुन यति बढ्यो कि शेख हसिनाले अगस्ट ५ मा प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।

त्यसपछि सेनाले अन्तरिम सरकार गठनको घोषणा गरेको थियो । नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा चयन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved