चाँदबाग स्कुललाई जग्गा फिर्ता गर्न महानगरको ७ दिने ‘अल्टिमेटम’, त्यसपछि पनि फिर्ता नभए ताला लगाउने

नेपालभ्युज

चाँदबाग स्कुललाई जग्गा फिर्ता गर्न महानगरको ७ दिने ‘अल्टिमेटम’, त्यसपछि पनि फिर्ता नभए ताला लगाउने

काठमाडौं । बाँसबारीस्थित चाँदबाग स्कुलले अतिक्रमण गरेको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाले थप सात दिनको समय दिएको छ । सात दिनपछाडि फिर्ता नगरे ताला लाग्ने चेतावनी लिएको छ ।

सोमबार महानगरको नगर प्रहरी बल स्कुलको जग्गा खाली गराउनका लागि पुगेको थियो ।

दुई दिनभित्र खाली गराउन भनेर महानगर प्रहरी बलको टोली पुगे पनि समय थप गरिएपछि त्यहाँबाट फर्किएको हो ।

विद्यालय सञ्चालकबाट जग्गा खाली गराउन समय थपको माग गरेपछि सात दिनको समय थप दिएको महानगरपालिका प्रमुख बालेन्द्र साहका स्वकीय सचिव भूपदेव शाहले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved