श्रावणको अन्तिम सोमबार पशुपतिनाथमा श्रद्धालुको भीड (तस्वीरहरु)

श्रावणको अन्तिम सोमबार पशुपतिनाथमा श्रद्धालुको भीड (तस्वीरहरु)

काठमाडौं। हिन्दु शास्त्रअनुसार श्रावण महिना भगवान् शिवसँग जोडिएको महिना हो। यो महिनामा विशेष गरी सोमबारको दिन भगवान् शिवको पूजा र व्रतलाई अत्यन्तै फलदायी मानिन्छ।

धार्मिक मान्यता अनुसार, आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा शयन गर्न गएपछि, श्रावण महिनाभर भगवान् शिवले जगतको सञ्चालनको जिम्मा लिन्छन्।

श्रावणको सोमबार हिन्दु धर्मावलम्बीहरूका लागि विशेष मानिन्छ। यो दिनमा शुद्ध हृदयले व्रत बस्न र भगवान् शिवको पूजा आराधना गर्नाले अन्य दिनभन्दा कयौँ गुणा बढी फल प्राप्त हुने विश्वास छ।

श्रावण महिनाको अन्तिम सोमबारका अवसरमा आज पशुपतिनाथ मन्दिरमा बिहानै देखि श्रद्धालुहरूको ठुलो भिड लागेको छ। व्रत बसेकाहरूले आज पशुपतिनाथमा पूजा अर्चनासहित गोदान, पूर्ण पात्र आदि धार्मिक कार्य गरेर व्रतको समापन गरेका छन्।

तस्वीरहरु:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved