एमाले गण्डकी : खगराजको नेतृत्वमा ९ सदस्यीय बोर्ड समिति गठन

नेपालभ्युज

एमाले गण्डकी : खगराजको नेतृत्वमा ९ सदस्यीय बोर्ड समिति गठन

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा ९ सदस्यीय बोर्ड समिति गठन गरेको छ ।  आइतबार बसेको  संसदीय दलको बैठकले दलको विधान अनुसार  बोर्ड समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा प्रमुख सचेतक गोविन्दबहादुर नेपाली र सचेतक देवका पहारी पदेन छन् । यस्तै, सदस्यमा लिलाबहादुर थापा, भीम कार्की, बेदबहादुर गुरुङ, सीता सुन्दास, सुधीर पौडेल र पद्या जिसी   छन् ।

बोर्ड समितिले दलभित्र आइपरेका समस्या समाधानका लागि   काम गर्ने एमालेले बताएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved