सभापति देउवा र विदेश सचिव मिस्रीबिच भेटवार्ता

नेपालभ्युज

सभापति देउवा र विदेश सचिव  मिस्रीबिच भेटवार्ता

काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

उनीहरूबिच आइतबार साँझ देउवा निवास बुढानीलकण्ठमा भेटवार्ता भएको हो ।

भेटमा दुई देशबिचको आपसी सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

सोमबार बिहान परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर विदेश सचिव मिस्री साँझ भारत फर्किने कार्यक्रम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved