पार्टी प्रदूषित भयो, शुद्धीकरण अभियान चलाऔं : अध्यक्ष प्रचण्ड

नेपालभ्युज

पार्टी प्रदूषित भयो, शुद्धीकरण अभियान चलाऔं : अध्यक्ष प्रचण्ड
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सक्षम र सबल बनाउनका लागि शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाडाँमा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकमा वैचारिक, राजनीतिक र संगठानिक विषयमा धारणा राख्दै प्रचण्डले संसदीय परिपाटीबाट प्रदूषित भएको भन्दै शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्नि सोपकोटाले जानकारी दिए ।

बैठकमा प्रचण्डले विगतका अनुभवको अध्ययन गर्दै नयाँ बहसमा ध्यान दिनुपर्ने र नयाँ वैचारिक संश्लेषण गर्दै पार्टीलाई नयाँ ढंगले सुदृढीकरण गर्नुपर्ने धारणा राखे । त्यस्तै, प्रचण्डले स्पष्ट नीति, योजना नयाँ कार्यक्रमसहित जनतामा जानुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले बताए ।

कम्युनिष्ट वामपन्थीहरुलाई एकताबद्ध गर्नका लागि समाजवादी मोर्चामा आबद्ध दलहरुसंग कुराकानी भइरहेको भन्दै प्रचण्डले छिटै परिणाम निस्कने समेत धारणा राखेको सापकोटाले जानकारी दिए ।

बैठकमा प्रचण्डका साथै उपाध्यक्ष नाराणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुनलगायत १३ जना सदस्यहरुले धारणा राखेका थिए ।

बैठक आइतबार पुनः बस्ने सापकोटाले जानकारी दिए । जनपरिचालन, सङ्गठन निर्माण र विस्तार लगाएतका एजेण्डमा केन्द्रीत माओवादीले स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved