न्यूरोडको पीच रातारात टालेको सडक डिभिजनले बनाएन कमलादीको भ्वाङ, सडक आसपास जोखिम कायमै

नेपालभ्युज

न्यूरोडको पीच रातारात टालेको सडक डिभिजनले बनाएन कमलादीको भ्वाङ, सडक आसपास जोखिम कायमै

काठमाडौं । काठमाडौंको कमलादीमा बनेको भ्वाङका कारण सडक आसपासमा अझै जोखिम देखिएको छ । दरबारमार्गको महेन्द्र सालिकबाट काठमाडौं प्लाजा निस्कने बीच बाटोमै भ्वाङ परेपछि बिहीबारदेखि सडक अवरुद्ध पारिएको छ । त्यो भ्वाङमुनिबाट टुकुचा खोला बगिरहेको छ ।

टुकुचा खोलाको कल्भर्ट जीर्ण भई खाल्डो बनेको सडक डिभिजन, काठमाडौंका सबइन्जिनियर गणेश बोहराले जानकारी दिए । लगातार पानी परे भ्वाङ अझ बढ्न सक्ने उनको भनाइ छ ।

टुकुचा खोलाको कल्भर्ट बनाउँदा प्रयोग गरिएको इँटा कति वर्ष पुरानो हो भन्ने स्पष्ट जानकारी सडक डिभिजनलाई छैन । नजिकै काठमाडौं महानगरपालिकाको कार्यालय पनि छ ।

सडक डिभिजनको स्वामित्वमा रहेको उक्त सडकको निर्माण पनि डिभिजनले नै गर्नेछ । तर कहिले गर्ला ? चासो छ । यसअघि महानगरसँगको विवादमा न्यूरोेडको पीच तुरुन्त बनाएको सडक डिभिजनले
यो काम गर्न भने सोमबारबाट थालिने बताएको छ ।
आइतबार कागजी प्रक्रिया पूरा गरेर सोमबारबाट बाटो बनाउने काम थालिने सडक डिभिजन, काठमाडौंका सूचना अधिकारी महानन्द जोशीले जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved