काठमाडौंका यी स्थानमा आज पाँच घन्टा विद्युत अवरूद्ध हुने, अपनाउनुस् बैकल्पिक उपाय

नेपालभ्युज

काठमाडौंका यी स्थानमा आज पाँच घन्टा विद्युत अवरूद्ध हुने, अपनाउनुस् बैकल्पिक उपाय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंको थानकोट क्षेत्रमा शनिबार पाँच घन्टा विद्युत् अवरूद्ध हुने भएको छ ।

बलम्बु सहायक वितरणक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत सेवा अवरूद्ध हुने भएको हो ।

प्राधिकरणले सतुंगलमा पोल तथा तार लत्रिएको तथा गुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट निष्प्रभावी पार्ने कामका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले ती क्षेत्रमा बत्ती जाने जानकारी दिएको छ ।

थानकोट फिडर अन्तर्गत बलम्बु विद्युत कार्यालय, गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, सिर्जना चोक, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुल लगायतका क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ ।

निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुरु हुने प्राधिकरणले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved