जनमत पार्टीले मधेसका मुख्यमन्त्री सिंहलाई सोध्यो स्पष्टीकरण

नेपालभ्युज

जनमत पार्टीले मधेसका मुख्यमन्त्री सिंहलाई सोध्यो स्पष्टीकरण
फाइल फोटो

जनकपुरधाम । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ ।

मुख्यमन्त्री सिंहले पार्टी निर्देशन विपरित काम गर्न थालेको भन्दै शुक्रबार स्पष्टीकरण सोधिएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले एकलौटी निर्णय लिन थालेको भन्दै पार्टीभित्रैबाट गुनासो आएपछि स्पष्टीकरण सोधिएको हो।

साउन २२ गते मुख्यमन्त्री सिंहले ५ राज्यमन्त्री थपेका थिए । यससँगै मन्त्रिपरिषद् २० सदस्यीय भएपछि मुख्यमन्त्री र उनको दल जनमत पार्टीको चर्को आलोचना भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved