काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले प्रशोधित भैँसीको मासु र सुन्तला चीनमा निर्यातका लागि तयारी अन्तिम चरणमा रहेको बताएका छन् ।
नेपालका लागि चीनका राजदूत महामहिम चेन सोङ्गसँग शिष्टाचार भेटघाटका क्रममा प्रशोधित भैँसीको मासु र सुन्तला चीनमा निर्यात गर्नको लागि कानुनी प्रक्रियाहरू पुरा गर्ने अन्तिम चरणमा रहेको बताएका हुन् ।
मन्त्रालयमा भएको भेटमा नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चिन सरकारको तर्फबाट कृषि तथा ग्रामीण विकास मन्त्रालय बिच कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रमा यस अघि हस्ताक्षर भएको समझदारी पत्र कार्यान्वयन गर्ने दुवै पक्षबाट प्रतिबद्धता व्यक्त गरेका छन् ।
हाल हेलेज र औषधीजन्य जडीबुटीहरू निर्यात सुरु भएको छ ।
चीनबाट नेपालको कृषि विकासका लागि पु¥याउँदै आएको सहयोगलाई निरन्तरता दिदैं नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ को दशकलाई “कृषिमा लगानी दशक” घोषणा गरेकाले यसलाई कार्यान्वयन गर्न ठुलो लगानीको आवश्यकता रहेकाले त्यसमा पनि आपसी समझदारीमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।
यस्तै उन्नत बिउ उत्पादन र प्रविधि हस्तान्तरणमा पनि सहयोग गर्ने बारेमा छलफल भएको मन्त्री अधिकारीले बताए ।
Facebook Comment
Comment