घर घरमा नागको तस्वीर टाँसेर आज नागपञ्चमी पर्व मनाइँदै

नेपालभ्युज

घर घरमा नागको तस्वीर टाँसेर आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं । नागको पूजा गरेर आज नागपञ्चमी पर्व मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन घरका मूलढोकामा नागको तस्वीर टाँसेर पर्व मनाउने गरिन्छ ।

नागको तस्वीर टाँस्दा घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक मान्यता छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ ।

नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । प्रत्येक घरमा नाग रहेको विश्वास गरिन्छ । घरको जगमुनि बसेका नाग रिसाएमा घरको जग नै भत्कन्छ भन्ने विश्वासमा पनि नागको पूजा गर्ने गरिन्छ ।

आज दिनभर पञ्चमी तिथी भएकाले दिनभरी नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार चढाउने गरिन्छ ।

सनातन धर्ममा नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन छ ।

जुन घरमा नागको पूजा हुन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ ।

दूषित हावालाई निलेर वातावरण सन्तुलन गर्न पनि नागले महत्वपूर्ण भूमिका खेलेको विज्ञानले पुष्टि गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved