प्राधिकरण भन्छ : लेफ्ट टर्न गर्दा हेलिकोप्टर डाँडामा ठोक्कियो, रूट बाहिर जानु नै कमजोरी

नेपालभ्युज

प्राधिकरण भन्छ : लेफ्ट टर्न गर्दा हेलिकोप्टर डाँडामा ठोक्कियो, रूट बाहिर जानु नै कमजोरी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बादलभित्र प्रवेश गरेकोले एयर डाईनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा दुर्घटनाबारे बोल्दै महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले यस्तो बताएका हुन् । सिभिल एभिएशनको भिजियोल फ्लाईट रूट अनुसार नगएर बादलमा छिर्नाले दुर्घटना भएको अधिकारी बताउँछन् ।

‘आज बिहान हामीले माननीय मन्त्रीज्यू, सचिवज्यू, हामी गएर साईट पनि हेर्‍यौं । यसको रूट कज चाहीँ सरसर्ती हेर्दाखेरी यद्यपि यो छानबिन आयोगले नै बताउला । ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादलभित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी डाँडामा ठोक्किएको देखिन्छ ।’ उनले भने ।

उनले यसअघि भने, ‘यो चाहीँ पाईलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएशनको भिजियोल फ्लाईट रूट अनुसार नगएर यसरी बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानूनले वर्जित गरेको विषय हो । यो रूटकज भनेको चाँही भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा ।’

त्यसको विस्तृत विवरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved