हेलिकप्टर दुर्घटना : शव त्रिवि शिक्षण अस्पतालमा, पोस्टमार्टम बिहीबारदेखि

नेपालभ्युज

हेलिकप्टर दुर्घटना : शव त्रिवि शिक्षण अस्पतालमा, पोस्टमार्टम  बिहीबारदेखि

काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको  शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

शिवपुरीबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको  हो  ।

बिहीबार बिहान ८ बजेबाट पोस्टमार्टम सुरु हुने त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए ।

शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट समेत गर्नुपर्ने बताइएको छ ।

काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा बुधबार दिउँसो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved